नयाँ शक्ति र फोरमले कपिलवस्तुमा यसरी बाँडे उम्मेदवार

Share On Facebook ! Tweet This ! Share On Google Plus ! Pin It ! Share On Tumblr ! Share On Reddit ! Share On Linkedin ! Share On StumbleUpon !
कपिलवस्तु – स्थानीय तहको निर्वाचनका लागि नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले जिल्लामा संयु्क्त उम्मेद्वार छनौट गर्ने भएका छन् ।
दुबै पार्टीको बैठकल जिल्लाका ६ वटा नगरपालिका, ४ वटा गाउँपालिका र ९६ वटा वडा तहको निर्वाचनमा संयुक्त उम्मेदवार उठाउने गरी संयुक्त चुनावी कार्यक्रम अघि बढाउने सहमति भएको छ ।
सहमतिअनुसार नयाँ शक्तिले २६ वडामा र फोरमले ४२ वडामा उम्मेदवार उठाउने भएका छन् । त्यसैगरि नयाँ शक्ति पार्टी नेपालको भागमा परेका वडा अध्यक्ष र संघीय समाजवादी फोरमको भागमा सहमति भइसकेका वडाहरुमा वडासदस्य दुवै पार्टीका नेता कार्यकर्ता सहभागी भई निर्वाचनमा भाग लिने सहमति गरेका छन् । उम्मेदवारहरुको नामावली भने बुधबार बस्ने नयाँशक्ति पार्टी नेपालको बैठक र संघीय समाजबादी फोरमको जिल्ला समिती बैठकले तय गर्नेछ ।

Author:

«
Next
Newer Post
»
Previous
Older Post
 
Copyright ©2016 हाम्राे यात्रा • All Rights Reserved.
Template Design by BTDesigner • Powered by Blogger